in ,

यी हुन् मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं/१६ जेठ- सोमबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका छन् । उनले जेठ १३ र १५ गते बसेको मन्त्रिपरिषद्को बैठककाे निर्णय सार्वजनिक गरेका हुन् ।

यस्ता छन् मन्त्रिपरिषद्काे बैठककाे निर्णायहरूः

सरकारले मूल्य अभिवृद्धि कर २४ औँ संशोधन नियमावली २०७९ स्वीकृत गर्ने

सरकारले अन्तशुल्क २३ औं संशोधन नियमावली २०७९, भन्सा १३ औँ संशोधन नियमावली २०७९ र आयकर १३ औं संशोधन नियमावली २०७९ स्वीकृत गर्ने 

बजेट तथा अर्थसम्बन्धी विधेयकहरू संघीय संसदमा पेस गर्ने

सरकारले बेल्जियमको राजधानी ब्रसेल्समा वि.सं. २०७९ जेठ १८ देखि १९ सम्म आयोजना हुने ग्लोबल समिट २०२२, टर्निङ द टाइट अन चाइल्ड सेक्सुअल अबुस अनलाइन कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सलोनी सिंहलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने 

सरकारले नेपाल बैंक लिमिटेडको स्वामित्वमा सुर्खेत जिल्लामा रहेको जग्गा नेपाल राष्ट्र बैंकलाई लिजमा दिन स्वीकृत दिने

गणतन्त्र दिवस २०७९ को अवसरमा उपमाकान्त पराजुलीसमेत १६ जना व्यक्तिहरुको सजाय माफी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने 

नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मा नेतृत्वको भ्रमण दललाई युनिफिल, लेबनान र यूएनडफ सिरिया तथा मित्रराष्ट्र संयुक्त राज्य अमेरिकामा भ्रमण जान स्वीकृत दिने

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी समितिको सदस्यमा प्रकाशबहादुर श्रेष्ठलाई मनोनयन गर्ने 

सुरक्षण मुद्रण विकास समिति गठन तेस्रो संशोधन आदेश २०७९ को दफा ६ को उपदफा ३ क बमोजिम सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई पदावधि एक पटकको लागि थप गर्ने 

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा पदाधिकार रहेका प्रमुख कन्सल्टेण्ट अब्स्ट्रेटिक्स एण्ड गाइकोलोजिस्ट डा. जागेश्वर शर्मा गौतमले दिएको राजीनामा स्वीकृत गर्ने 

त्रियुगाको प्रमुखमा नेपाली कांग्रेसका र उपमेयरमा एमाले बिजयी

६ जना संक्रमित, १३ निकाे