in

गरिबका मलम बनेका समाजसेवी दुर्गानाथ दाहाललाई “वर्ड बुक अफ रेकर्डस अवार्ड”

वर्ड बुक अफ रेकर्डस लन्डनले २०२१ को इन्टरनेेशनल अवार्ड समाजसेवी नवजीवन परोपकार समाजका संस्थापक दुर्गानाथ दाहाललाई प्रदान गरेको छ।


कोरोना महामारीमा आफुलाई जोखिममा राखी विभिन्न ठाउँमा खान नपाएका व्यक्तिहरूलाई आफैंले खाना खुवाउने , सडकमा रहेका कुकुर, सडक मानव , दुखि गरिब, असाय, साहारा विहिनहरुको साहारा बनेका नवजीवन परोपकार संस्था का अध्यक्ष दुर्गानाथ दाहाललाई वर्ड बुक अफ रेकर्ड अवार्ड प्रदान गरिएको हो।


कोरोना महामारीमा जोखिम मोलेर समाजसेवा गरेवापत उनलाई यो अवार्डद्वारा सम्मान गरिएको हो। काभ्रेपलाञ्चोक जिल्लामा जन्मिएका उनले लकडाउनमा अक्सिजन अभाव हुँदा वडा-वडामा अक्सिजन पुर्‍याउने, सडकमा गरिवलाई भोजन गराउने, , सडकमा बस्ने बृद्धअवस्था भएका व्यक्तिलाई उद्धार गर्ने लगायतका काम गरेका थिए ।


कार्यक्रममा नेपालबाट कोरोना बेला मानविय कार्य गर्ने विश्वका १०० व्यक्तिलाई यो अवार्ड वितरण गरिएको हो।
“World Book of Records London honoring him for his matchless contribution to the nation through social work by Mr. Diwakar Sukul, President of World books of London- Member of Parliament UK.” नवजीवन परोपकार समाज भनेर दुर्गानाथ दाहाललाई सम्मान सहित अवार्ड वितरण गरिएको हो। कार्यक्रम भारतको इन्दोर मा भएको थियो ।

सामाजिक अभियान्ता दुर्गानाथ दाहालले संचालन गरेका केही सामाजिक कार्यका तस्विरहरु :

काठमाडौंमा आजबाट अस्ट्राजेनेका खोपको पहिलो मात्रा

कोभिड–१९ संक्रमित कति निको भए, कतिको मृत्यु ?