in , , ,

उधारो कारोबारको रेकर्ड राख्ने किराना एप

सृजना ढुङ्गेल

काठमाडौं/पुस– किनारा तथा अन्य खुद्रा पसल सञ्चालकहरूकाे मुख्य समस्या भनेकाे उधारो व्यवस्थापन गर्नु हाे। सामान लगिसकेको धेरै समयसम्म पनि उधारो नसक्किने र कहिले काँही त ग्राहक नै बेपत्ता हुने पनि देखिन्छ। पसले ग्राहकलाई उधारो सम्झाउँदा सम्झाउँदै आजित हुन्छन् ।

किरानातथा अन्य खुद्रा पसलको यस्तै समस्यालाई समाधान गर्न उद्यमी क्याम्पेन अन्तर्गत किराना एप बजारमा आएको छ। किराना पसललाई डिजिटल बनाउने उद्देश्य सहित विशेषगरी उधारो कारोबारको व्यवस्थापन गर्न यो एप सार्वजनिक गरिएको हो ।

बिजनेश इन्यबलर अक्क्षुण थापाका अनुसार उद्धमीको डिजिटल अभियान अन्तर्गत किराना पहिलो प्रोडक्ट हो। “सबै व्यापार व्यवसाय आ-आफ्नो तरिकाले डिजिटल भइरहेको बेलामा किराना पसल लगायत अन्य खुद्रा व्यवसाय पनि किनडिजिटल नहुने ? आफ्नो पसलका लागि आफ्नै सिस्टम किन नराख्ने ? आफ्नो साना ठूला समस्याहरु आफ्नै एप्स मार्फत किन समाधान नगर्ने ?”, उनले भने ।

ग्राहकले पाँच सयभन्दा माथिको उधारो नतिरेमा पसलले ग्राहकलाई म्यासेज गर्न सक्ने व्यवस्था समेत एपमा छ। किराना एपमा पसल दर्ता भइसके पछि पसलेले उधारो माग्नका लागि ग्राहक पसलमै आउन पर्खी राख्नुपर्दैन । एपले ग्राहकलाई उधारो कति छ भनेर सम्झाउन म्यासेज गर्छ।

एपमा पसलको आन्तरिक रेकर्ड समेत राख्न सकिन्छ । नाम किराना भएपनि उधारो कारोबार हुने अरुखुद्रा पसलहरुले पनि यो एप प्रयोग गर्न सकिने थापाको भनाइ छ ।

किराना एप आर्थिक कारोबारका लागि मात्र नभई सामान कारोबारका लागि पनि भएको थापाले नारदमलाई जानकारी दिए। यो एप प्रयोग गरेबापत प्रयोगकर्ताले मासिक सब्सक्रिप्सन अनुरुप निश्चित न्युनतम रकम बुझाउनु पर्नेछ, जुन व्यवस्था माघ १ गतेबाट लागू हुने कम्पनीले जनाएको छ । कम्पनीले पौष महिनाभरी यो एप निःशुल्क उपलब्ध गराएको छ । किराना पसलको दैनिक कारोबार राख्नका लागि सरल हिसाबले एपको डिजाइन गरिएको थापाको भनाइ छ ।

के के छ फिचर ?
किराना एप सुरुमा गुगल प्ले स्टोर वा एप्पलको एप स्टोरबाट डाउनलोड गरेर पसलको नाम दर्ता गर्नुपर्छ । एप डाउनलोड भएपछि मोबाइल नम्बर राखेरओटीपी मार्फत लगिन गर्नुपर्ने हुन्छ। त्यो ओटीपी कोड एपमा राखी पसलको नाम र ठेगाना दर्ता गर्नुपर्ने हुन्छ ।

यस एपमा ग्राहक र विक्रेता विशेष उधारो कारोबार तथा नगद कारोबारको इन्ट्री सहज रुपमा गर्न सकिन्छ । यसका साथै बिल तथा भौचरको फोटोसमेत अपलोड गर्न सकिने फिचर एपमा छ ।

यस्तै, ग्राहक, विक्रेता, कारोबार, क्यालकुलेटर, सामान र प्रोफाइलका लागि छुट्टाछुट्टै विकल्प पनि राखिएको छ । यसबाहेक एपमा पाँच सय भन्दा बढी उधारो तिर्न बाँकी रहेका ग्राहकलाई एक क्लिकमै म्यासेज पठाउन सकिने व्यवस्थासमेत छ ।

किरानाको ड्यासबोर्डको सुरुमा कुल उधारो तथा कुल नगद कारोबार भएको रकम देख्न सकिन्छ । यस्तै, एपमा सामानहरुको सूची समेत छ ।

सुकुम्बासीलाई जग्गा दिन लगत संकलन गर्दै भूमि आयोग

बालिका जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ