in , ,

राक्सिराङ्ग गाउँपालिकामा प्रविधिमैत्री सुशासन प्रणाली सुरु

काठमाडौं/२९ पुस– मकवानपुर राक्सिराङ्ग गाउँपालिकाले प्रविधिमैत्री सुशासन प्रणाली सुरु गरेको छ ।

स्मार्ट पालिकाको सहकार्यमा गाउँपालिकालाई स्मार्ट र प्रविधिमैत्री बनाउन लागिएको हो । जिल्लाकै विकट गाउँपालिकाको रुपमा रहेको राक्सिराङ्ग गाउँपालिकामा चेपाङ जातिको बहुलियता रहेको छ ।

No description available.
गाउँपालिका प्रमुख राजकुमार मल्ल

आर्थिक, भौतिक र सामाजिक रुपमा पिछडिएको गाउँपालिकामा अहिलेसम्म इन्टरनेटको राम्रो पहुँच नभएपनि भोलिका दिनमा प्रविधिमैत्री हुनुपर्छ भन्ने सोचका साथ डिजिटल सुशासन प्रणाली सुरु गरिएको गाउँपालिकाका प्रमुख राजकुमार मल्लले बताए । प्रमुख मल्लले डिजिटल सुशासन अन्तर्गत पहिलो चरणमा डिजिटल घरधुरी सर्वेक्षण (ईआरपी सिस्टम) मार्फत गरिएको जानकारी दिए ।

जनताका काम बिस्तारै डिजिटल गर्ने, कर तिर्ने, सिफारिस लिने लगायतका काम अब वडामार्फत नै गर्ने प्रयास गर्दै अघि बढ्ने प्रमुख प्रशासकिय अधिकृत देवचन्द्र गर्तौलाले बताए ।

No description available.

६ महिनाको कार्य सम्पादनपछि डिजिटल सुशासन प्रणाली गाउँपालिकालाई हस्तान्तरण गरिएको स्मार्ट पालिकाले जनाएको छ । स्मार्ट पालिकाले स्थानिय तहलाई डिजिटलमैत्री बनाउने र जनतालाई प्रविधिमार्फत सुसूचित गर्ने उद्देश्यले विगत ४ वर्षदेखि काम गर्दै आइरहेको सह–संस्थापक राजानन्द माण्डव्यले बताए ।

स्मार्ट पालिकाले हालसम्म ७० वटा स्थानिय तहलाई स्मार्ट पालिकाको रुपमा रुपान्तरण गरिसकेको छ ।

थपिए साढे तीन हजार नयाँ संक्रमित

विदेश जाने, सेना र प्रहरीले स्मार्ट लाइसेन्सका लागि एक हप्ता अघि आवेदन दिनुपर्ने