समाचार

  • in ,

    यी हुन् मन्त्रिपरिषद्का निर्णय

    काठमाडाैं/१६ जेठ- सोमबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका छन् । उनले जेठ १३ र १५ गते बसेको मन्त्रिपरिषद्को बैठककाे निर्णय सार्वजनिक गरेका हुन् । यस्ता छन् मन्त्रिपरिषद्काे बैठककाे निर्णायहरूः सरकारले मूल्य अभिवृद्धि कर २४ औँ संशोधन नियमावली २०७९ स्वीकृत गर्ने सरकारले अन्तशुल्क २३ औं संशोधन नियमावली २०७९, […] थप

  • in ,

    त्रियुगाको प्रमुखमा नेपाली कांग्रेसका र उपमेयरमा एमाले बिजयी

    उदयपुर/१६ जेठ-उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका बसन्त बस्नेत र उपमेयरमा एमालेकी महेश्वरी राई बिजयी भएका छन् । नवनिर्वाचित मेयर बस्नेतले १३ हजार ९ सय ५९ मत पाए। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका भागवत राउले ११ हजार ८७३ मत पाए । पूर्वमेयरसमेत रहेका एकीकृत समाजवादीका बलदेब चौधरीले नाै हाजर १४७ मत पाएका छन् । यस्तै ,उपप्रमुखमा […] थप

  • in ,

    नगर कार्यपालिकाकाे बैठक लाइभ गर्नेः मेयर बालेनकाे पहिलाे निर्णय

    काठमाडौं/१६ जेठ- काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पद तथा गोपनियताको सपथ लिएसँगै नगरसभाको बैठक सधै लाइभ (प्रत्यक्ष प्रशारण) गर्ने निर्णय गरेका छन् । बालेनको महानगरपालिकाको मेयरका रुपमा यो पहिलो निर्णय हो । नगरसभाको पहिलो बैठक सोमबार (आजैं) दिउँसो ४ बजेका लागि बोलाइएको छ । उक्त बैठक नै लाइभ गर्ने उनले बताएका छन् । यस्तै, काठमाडौंको […] थप

  • in ,

    काठमाडाैं महानगरका नवनिर्वाचित मेयर र उपमेयरले लिए सपथ

    काठमाडाैं/१६ जेठ-काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले पद तथा गोपनीयताको सपथ लिएका छन्। सोमबार राष्ट्रिय सभागृहमा आयोजित प्रमाण पत्र तथा सपथ ग्रहण समारोहमा उनले पद तथा गोपनीयताको सपथ लिएका हुन् । उनले नेपाली भाषामा सपथ ग्रहण गरेपछि नेपाल भाषामा पनि सपथ लिएका छन् । उनलाई मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले सपथ खुवाएका हुन्। यस्तै, उपमेयर […] थप

  • in ,

    स्थानीय तहमा अस्पताल निर्माणका लागि १० अर्ब

    काठमाडाैं/१५ जेठ- सरकारले स्थानीय तहमा निर्माणाधीन ६५५ अस्पतालका लागि १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । ती अस्पतालको निर्माण सम्पन्न आगामी आवमा गर्ने घोषणा अर्थमन्त्री जनार्दन शर्माले गरेका छन् । अर्थमन्त्री शर्माले पुराना जीर्ण अवस्थामा रहेका अस्पताल भवनको समेत स्तरोन्नती गरिने बताए । अर्थमन्त्री शर्माका अनुसार जेष्ठ नागरिकलाई विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्न २० वटा […] थप

  • in , ,

    प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका लागि पाँच अर्ब ९० कराेड

    काठमाडाैं/१५ जेठ- सरकारले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका लागि पाँच अर्ब ९० करोड बजेट छुट्याएको छ । आर्थिक वर्ष २०७९/८० को बजेटमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको पुनर्संरचना गरिने उल्लेख छ । अर्थमन्त्री जनादर्न शर्माले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका लागि पाँच अर्ब ९० करोड बजेट छुट्याएको बताए ।  यस्तै, कृषि उत्पादन बढाउन प्रधानमन्त्री र विभागीय मन्त्रीसहितको संयन्त्र बनाउने […] थप

  • in , ,

    प्रदेश र स्थानीय तहलाई कति बजेट ?

    काठमाडौं/१५ जेठ-वित्त आयोगको सिफारिसमा वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई ६१ अर्ब ४३ करोड र स्थानीय तहलाई एक खर्ब २३ करोड वित्तीय हस्तान्तरण हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै सशर्त अनुदानतर्फ प्रदेशलाई ५७ अर्ब १७ करोड र स्थानीय तहलाई १ खर्ब ८३ अब रुपैयाँ विनियोजन गरिएकाे बताएका हुन् । उनले पूर्वाधार सम्बन्धी आयोजना […] थप

  • in , ,

    आगामी वर्ष आयात २० प्रतिशत घटाइने

    काठमाडाैं/१५ जेठ- सरकारले आगामी आर्थिक वर्ष नेपालको आयात २० प्रतिशतले घटाउने लक्ष्य लिएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै आगामी आर्थिक वर्षमा नेपालको व्यापारघाटा घटाउने रणनीति लिने जनाए । उनले आगामी वर्ष धान, मकै, गहुँ र फलफूलको आयात ३० प्रतिशतले घटाउने र समग्र आयात २० प्रतिशतले घटाउने घोषणा गरे । यस्तै, आगामी ५ वर्ष […] थप

  • in ,

    दार्चुला मालिकार्जुन गाउँपालिकामा शिक्षक र कर्मचारीलाई राजनीतिमा निषेध

    काठमाडाैं/१५ जेठ- दार्चुलाको मालिकार्जुन गाउँपालिकाले शिक्षक र कर्मचारीलाई राजनीति गर्न निषेध गरेको छ। जेठ १३ मा बसेको गाउँ कार्यकालिकाको बैठकले शिक्षक र कर्मचारीले कुनैपनि राजनीतिक दलसँगको आवद्धता लिन नपाउने निर्णय गरेकाे हाे । गाउँपालिकाभित्र रहेका शिक्षक र कर्मचारीले सात दिनभित्र कुनैपनि राजनीतिक दलसँगकाे आवद्धता लिएकाे भए आवद्धता त्यागेको विवरण पेश गर्नु पर्ने गाउँपालिकाले जनाएकाे छ […] थप

  • in ,

    आज देशभर १५ औं गणतन्त्र दिवस मनाइँदै

    काठमाडौं/१५ जेठ– आज देशभर १५ औं गणतन्त्र दिवस मनाईंदैछ । नेपालमा गणतन्त्र स्थापना भएको धेरै लामो समय भएको छैन । गणतन्त्र दिवसका दिन सरकारले सार्वजनिक बिदा दिने गरेको छ । नेपालमा झन्डै अढाइ वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई बिदाई गर्दै नेपालमा गणतन्त्रको स्थापना भएको हो । गणतन्त्रात्मक शासन पद्धति भनेको यस्तो राज्य व्यवस्था हो […] थप

अधिक लोड
Congratulations. You've reached the end of the internet.