समाचार

  • in ,

    कक्षा १२ काे परीक्षा आजदेखि सुरु

    काठमाडौं/१६ जेठ– आजबाट देशभर एकसाथ कक्षा १२ को परीक्षा सुरु भएको छ । आज बिहान ८ बजेबाट सुरु भएको परीक्षामा करिब चार लाख १५ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको । आजबाट सुरु भएको परीक्षा जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । बोर्ड परीक्षा सञ्चालनका लागि देशभर एक हजार २९२ परीक्षा केन्द्र तोकिएको छ । […] थप

  • in ,

    निमाविको अध्यापन अनुमतिपत्रको विज्ञापन खुला, अनलाइन आवेदन दिन सकिने

    काठमाडौं/९ जेठ– शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन खुलाएको छ । आयोगले एक सूचना जारी गर्दै निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन खुलाएको हो । आयोगले आजदेखि नियमित दस्तुरमा असार ७ गतेसम्म निवेदन दिन सक्ने जनाएको छ । यस्तै, दोब्बर दस्तुरमा भने असार १४ गतेसम्म आवेदन दिन सकिनेछ । इच्छुक उम्मेद्वारहरुले आयोगको […] थप

  • in ,

    फेरियाे शिक्षककाे पाेशाक

    काठमाडाैं/६ जेठ- सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको नयाँ पाेशाक ताेकिएकाे छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले सूचना जारी गर्दै चालु शैक्षिक सत्रदेखि पाेशाक परिवर्तन हुने जानकारी दिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले खैरो गाढा रङको पाइन्ट र कोट, हल्का नीलो रङको सर्ट, खैरो गाढा रङको ज्याकेट, […] थप

  • in ,

    कक्षा १२ को परीक्षाकेन्द्र सार्वजनिक

    काठमाडौं/२६ बैशाख– राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ को परीक्षाकेन्द्र निर्धारण गरेको छ । बोर्ड जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षाकेन्द्र निर्धाण गरेको हो । बोर्डको २३ गते बसेको बैठकले परीक्षाकेन्द्र निर्धारण गरेको बोर्डले जनाएको छ । विद्यार्थीहरुले बोर्डको वेबसाइटमार्फत परीक्षाकेन्द्र हेर्न सक्नेछन् । तलकाे लिंकमा क्लिक गरेर परीक्षाकेन्द्र हेर्न सकिनेछः https://drive..com/file/d/1dnjLM6MUWhZX5JmDEqRgdOYlRmt4XOtg/view थप

  • in , ,

    शिक्षककै नक्कली शैक्षिक प्रमाणपत्र

    काठमाडाैं/२३ बैशाख- नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी शिक्षकमा जागिर खाने एक व्यक्तिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । पाँचथर तुम्वेबा गाउँपालिकामा रहेको धुवाखोला आधारभूत विद्यालयमा प्रावि शिक्षकमा जागिर खाएका विरजुकुमार गच्छदारकाविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । गच्छदारले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा विद्यालयमा नियुक्ति लिएकाे उजुरी परेपछि उनीमाथि अनुसन्धान […] थप

  • in ,

    मतदान केन्द्र ताेकिएका विद्यालयमा तीन दिन बैकल्पिक पठनपाठन गराउन निर्देशन

    काठमाडाैं/२२ बैशाख- यही बैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतदान केन्द्र तोकिएका विद्यालयहरुमा विद्यार्थीलाई भौतिक उपस्थिति नगराउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको छ । केन्द्रले बैशाख २८ गतेदेखि ३० गतेसम्म तीन दिनका लागि मतदानस्थल तथा मतदान केन्द्रहरु रहेका विद्यालयमा भाैतिक पठनपाठन नगराउन निर्देशन दिएकाे छ । शिक्षा, […] थप

  • in ,

    शिक्षा तथा मानव स्राेत विकास केन्द्रद्वारा रिक्त दरबन्दीकाे विवरण माग

    काठमाडौं/२२ बैशाख– शिक्षक तथा मानव स्रोत विकास केन्द्रले रिक्त दरबन्दी विवरण माग गरेको छ । केन्द्रले शिक्षक सेवा आयोगले खुला तथा बढुवाद्वारा पदपूर्ति गर्नुपर्ने शिक्षक पदको रिक्त दरबन्दी मागेकाले रिक्त दरबन्दीको विवरण माग गरेको हो । केन्द्रले बैशाख १ गतेदेखि २०७९ चैत मसान्तसम्म रिक्त भएका र रिक्त हुने शिक्षक दरबन्दी विवरण पठाउन सबै शिक्षा विकास […] थप

  • in ,

    माध्यमिक तहको नतिजा सार्वजनिकः शिक्षक सेवा आयोग (नतिजासहित)

    काठमाडौं/२० बैशाख– शिक्षक सेवा आयोगले माध्यमिक तहको शिक्षक पदपूर्तिका लागि सञ्चालन गरेको खुला प्रतियोगात्मक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत चैत १५ गते लिएको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले परीक्षामा पास भएका उम्मेद्वारहरुको नतिजा सार्वजनिक गरेको जनाएको छ । आयोगले सातवटै प्रदेशको नतिजा […] थप

  • in ,

    मतदान केन्द्र रहने विद्यालय तीन दिन बन्द गर्न आयोगको सिफारिस

    काठमाडौं/१६ बैशाख– निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्र रहने विद्यालय तीन दिन बन्द गर्न आग्रह गरेको छ । आयोगले बैशाख २८ गतेदेखि ३० गतेसम्म तीन दिनका लागि मतदान स्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरुको उपयोग गर्नुपर्ने भएकाले उक्त मतदान केन्द्र तोकिएका विद्यालयहरुमा भौतिक उपस्थितिमा पठनपाठन नगराउने व्यवस्था मिलाउन नेपाल […] थप

  • in ,

    बैशाख २२ गतेदेखि त्रिविको वर्षे बिदा

    काठमाडौं/१५ बैशाख– त्रिभुवन विश्वविद्यालयले बैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म २३ दिनको वर्षे बिदा दिएको छ । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्को बैशाख १४ गते बसेको बैठकले चालू शैक्षिक सत्र २०७९ बैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म बिदा दिएको हो । विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयले एक सूचना जारी गर्दै चालू शैक्षिक सत्रको वर्षे बिदा दिइएको जनाएको छ […] थप

अधिक लोड
Congratulations. You've reached the end of the internet.