in ,

विदेशी पर्यटकले अब अनअराइभल भिसाका लागि नगद बोक्नु नपर्ने

फाइल तस्बिर

काठमाडौं/६ बैशाख– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने विदेशी पर्यटकले अनअराइभल भिसाका लागि नगद रकम बोक्नुपर्ने प्रावधान स्थगन गरिएको छ ।

विमानस्थल अध्यागमन कार्यालयले केही दिनअघि विद्युतीय भुक्तानीमा समस्या आएको भन्दै अनअराइभल भिसाका लागि दुई अमेरिकी डलर ल्याउन सूचना जारी गरेको थियो ।

राष्ट्रिय वाणिज्य बैंकले एटिएम मेसिन थप गर्ने, पेमेन्ट गेटवेलाई पूर्णरुपमा सञ्चालनमा ल्याउने, आगमन कक्षतर्फ एउटा र प्रस्थान कक्षतर्फ एउटा एटिएम मेसिन थप गर्ने गरी आवश्यक प्रबन्ध मिलाउने भएपछि हालललाई विदेशी नागरिकलाई दुई सय अमेरिकी डलर लिएर आउन गरिएको अनुरोध स्थगन गरिएको अध्यागमन विभागले जनाएको छ ।

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रभु बैंकको एउटा एटिएम मेशिन मात्रै भएको र उक्त मेशिनले मास्टर कार्ड रिड गर्न छाडेपछि समस्या आएको थियो।

‘स्वतन्त्र रुपमा आउँदा दलगत स्वार्थ हुँदैनन्’

थपिए १० संक्रमित, २६ निकाे