in

प्रचण्डले भने- माओवादी युद्धमा पीडा भोगेका गोरखाका कांग्रेसलाई भेटेर मल्हमपट्टी लाउन चाहन्छु

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं । माओवादी सशस्त्र युद्धका कमाण्डर तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धकालमा पीडित भएका कांग्रेस कार्यकर्ताका पीडित परिवारलाई आफूले भेट्न चाहेको बताएका छन् ।

काठमाडौंमा आयोजित गोर्खालीहरूको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धका क्रममा माओवादीको तर्फबाट पीडामा परेका तथा क्षति भोगका परिवारलाई भेटेर मल्हमपट्टी लगाउन चाहेको बताए ।

कांग्रेस नेता कार्यकर्ताहरूलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘मैले सुरेन्द्र पाण्डेजी, राजेन्द्र बजगाईँ र कमला पन्तसँग पनि भनेको छु । माओवादी आन्दोलनका क्रममा पीडामा परेका कांग्रेसका परिवार, क्षति भोगेका र ठूलो पीडामा परेकालाई भेटेर मल्हमपट्टी लगाउन चाहन्छु । ती परिवारलाई भेटेर शान्ति प्रक्रियाको महत्व बुझाउनेछु र गिरिजाबाबुसमेतको भावनालाई कदर गर्दै म उहाँहरूसँग कुरा गर्छु ।

अध्यक्ष प्रचण्डले ती पीडित परिवारलाई भेट्ने वातावरण बनाइदिन आफूले कांग्रेस नेताहरूलाई आग्रह गरेको बताए । गोरखामा कांग्रेस कार्यकर्ताको हत्या गरेर सुरू भएको माओवादी जनयुद्धका क्रममा धेरै कांग्रेस कार्यकर्ता पीडित भएकाले प्रचण्डले उनीहरूको सहानुभूति लिन खोजेका हुन् ।’

उम्मेदवारको आश्वासन- हेलिकप्टर किनिसकेँ, रामेछापका बिरामीलाई आफैं लगेर उपचार गर्दिन्छु!