in ,

जबरजस्ती करणी अभियाेगमा एक किशाेर पक्राउ

काठमाडौं/३० कात्तिक- १५ वर्षीया किशाेरीलाई जबरजस्ती करणी गरेकाे अभियाेगमा प्रहरीले सिरहाबाट एक जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका-४ बैरिया बस्ने १८ वर्षीय किशोर रहेका छन् । उनलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हाे ।

किशोरीले आफ्नै खेतमा एक्लै धान काटिरहेको अवस्थामा ती किशोरले जबरजस्ती करणी गर्नुका साथै १ थान मोबाइल, नगद ७ हजार ५ सय रुपैयाँ र ५ तोला बराबरको चाँदीको ब्रास्लेट १ थान समेत खोसी लगेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रदेश बैठक स्थगित भएपछि मुख्यमन्त्री राईले लिएनन् विश्वासकाे मत

थपिए ३३७ संक्रमित, चार जनाकाे मृत्यु