in , ,

बालिका जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं/२५ पुस– भोजपुरमा सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङ कानेपोखरी गाउँपालिका घर भएका ३४ वर्षीय धन बहादुर बिष्टलाई प्रहरीले शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

भोजपुर षडानन्नद नगरपालिकास्थित खेतमा ती बालिकालाई बिहीबार धनबहादुरले जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

उधारो कारोबारको रेकर्ड राख्ने किराना एप

थपिए ११ सय बढी संक्रमित