in , ,

के पल शाहले सफाइ पाउँछन् ?

काठमाडौं/५ बैशाख– अभिनेता पल शाहले आफूमाथि पटकपटक बलात्कार गरेको जाहेरी दिएकी नाबालिगले अदालतमा बकपत्र गर्ने समयमा आफ्नो बयान फेरेकी छन् ।

अदालतमा मुद्दा दायर हुने बेलासम्म आफूमाथि पटकपटक बलात्कार भएको बयान दिएकी नाबालिगले अदालतमा बकपत्र गर्ने समयमा भने बयान फेरेकी छन् । पहिले दिएको बयान प्रतिकुल हुने गरी नाबालिगले होस्टाइल बयान दिएकी हुन् ।

आइतबार अदालतमा बयान गर्ने क्रममा नाबालिगले आफूमाथि बलात्कार नभएको तर दबाब र प्रभावमा परी बलात्कारको जोहरी दिएको बकपत्र गरेकी छन् । नाबालिगका बुबासमेतले होस्टाइल बकपत्र दिए पछि पल शाह प्रकरणमा ट्वीस्ट आएको छ ।

होस्टाइल बकपत्रसँगै अभिनेता पल शाहले सफाइ पाउने अनुमान गरिएको छ ।

यद्यापी, सर्वोच्च अदालतले पीडितको होस्टाइल बकपत्रलाई मात्र आधार लिएर अभियोग दाबीबाट सफाइ दिन नमिल्ने नजीर स्थापित गरेको छ ।

२०६९ सालमा झापा दमकका चन्द्रप्रकाश तिवारीविरुद्धको जबर्जस्ती करणी सम्बन्धी एक मुद्दामा पीडितले पछि अदालतमा बयान फेरेकी थिइन् । घटना हुँदा १३ वर्षकी नाबालिगले अदालतमा बयान फेरे पनि अदालतले तिवारीलाई दोषी ठहर गरेको नजीर छ । उक्त नजिरमा पीडितको होस्टाइल बकपत्रलाई मात्र आधार लिएर अभियोग दाबीबाट सफाइ दिन नमिल्ने उल्लेख गरेको छ । यो मुद्दामा अदालतले स्पष्ट ढङ्गले कानुनी व्यवस्थाको व्याख्या गर्दै पीडित होस्टाइल भइदिए वा पीडितले बयान फेरे पनि प्राप्त तथ्य र प्रमाणका आधारमा घटना भएको अवस्थामा बलात्कार नै भएको कारण दोषी ठहर गरेको थियो । 

उक्त नजीर अनुसार पल शाहले सफाइ पाउने सम्भावना न्यून रहेको देखिन्छ । पल शाहले दिएको बयान, शारीरिक परीक्षण रिर्पोट प्रमाणका रुपमा लिन सकिने नजीरमा उल्लेख छ ।

जाहेरवालीको किटानी जाहेरी र पीडिताले मौकामा गरेको कागज तथा वस्तुस्थिति मुचुल्काका व्यक्तिहरूले गरेको कागज तथा चिकित्सकीय प्रतिवेदनको प्रतिकूल हुने गरी जवर्जस्ती करणीको वारदात नै भएको होइन भनी निष्कर्षमा पुग्नु न्यायोचित् नहुने ।

प्रतिवादीको अदालतको इन्कारी बयानको विरुद्धमा प्रमाण यथेष्ट मौजूद रहेको अवस्थामा अदालतको इन्कारी बयान मात्र निर्दोषिता सावित हुने एकमात्र आधार हुन नसक्ने ।

जबर्जस्ती करणीको वारदातको पहिलो कडी भनेको स्वयं पीडित हो र यी पीडितालाई प्रत्यक्ष र जीवित प्रमाण मान्नुपर्ने हुन्छ भने पीडितको शारीरिक परीक्षण अर्को कडी मान्नु पर्ने ।

अदालतमा इन्कारी हुनुलाई मात्र निर्दोषिता ठहर हुने आधार बन्न सक्दैन । अपराधीले सदैव पीडितको घरायसी आर्थिक अवस्थाको फाइदा उठाई प्रभावमा पार्न सक्ने र पीडितको सामाजिक अवस्था कमजोर भएको फाइदा लिन सो अवस्था मूल्याङ्कन गरी त्यसको मूल्य तिर्न उत्सुक रहिरहने हुँदा जाहेरी ढिला परेको रहेछ भन्दैमा भैरहेको अपराधलाई खण्डित गर्न खोज्ने प्रतिवादीका गलत मार्गहरूलाई अदालतले केलाउने प्रयास गर्नुपर्ने ।

म्याद तामेल हुँदा वेपत्ते भई नेपालको राष्ट्रिय पत्रिकामा म्याद तामेलको सूचना जारी हुँदा समेत अदालतसमक्ष उपस्थित भई आफ्नो निर्दोषिता पुष्टि गर्न नसकेको र न्यायिक प्रक्रियामा सहयोग पुर्यारएको समेत नदेखिँदा निजको अदालतको इन्कारी बयान, जाहेरवाला र पीडितको अदालतको ज्यकतष्भि बकपत्रलाई मात्र आधार लिएर अभियोग दावीबाट सफाइ दिँदै जाने हो भने समाजमा अपराधले प्रश्रय पाउने र दण्डहीनताको स्थिति सिर्जना हुन जाने ।

पीडितको अदालतसमक्षको इन्कारी बकपत्रलाई स्वयं प्रतिवादीकै अदालतको बयान पीडितको शारीरिक परीक्षण प्रतिवेदन तथा मिसिल संलग्न अरु प्रमाणले खण्डन गरी सकेको अवस्था हुँदा वारदात घटनाप्रति अनभिज्ञता प्रकट गरी भएको बकपत्रलाई विश्वासनीय प्रमाणको रुपमा ग्रहण गर्नु न्योयोचित नहुने ।

बढ्यो सुनचाँदीको मूल्य, हेनुहोस् कति पुग्याे ?

दर्ता भयो निलम्बित गभर्नर अधिकारीको रिट