in , , ,

तीन स्थानीय तहमा प्रमुख र उपप्रमुख दुवैमा महिला

काठमाडौं/१३ जेठ– गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन, २०७९ काे सार्वजनिक मत परिणाम अनुसार तीन वटा पालिकामा प्रमुख र उप्रमुख दुवै महिलाले जितेका छन् ।

झापाको गौरीगञ्ज गाउँपालिका, दैलेखको भैरवी गाउँपालिका र कैलालीको लम्कीचुहा गाउँपालिकामा मेयर र उपमेयर दुवैमा महिला निर्वाचित भएका छन् ।

झापाको गौरीगञ्ज गाउँपालिका प्रमुखमा कांग्रेसकी फुलवती राजवंशी र एमालेकी उपप्रमुखमा पूजन न्यौपाने कुँवर निर्वाचित भएका छन् । राजवंशी पाँच हजार ६८९ मत ल्याएकी थिइन् भने कुँवरले चार हजार ७५५ मत प्राप्त गरिन् ।

यस्तै, दैलेखको भैरवी गाउँपालिका प्रमुख र उपप्रमुख दुवैमा नेपाली कांग्रेसका महिला उम्मेद्वार बिजयी भएका छन् । प्रमुखमा रिता कुमारी शाही र उपप्रखमा देवी भण्डारी निर्वाचित भएका छन् । शाहीले तीन हजार ९७६ मत ल्याइन् भने भण्डारीले तीन हजार ३७४ मत ल्याएर निर्वाचित भइन् ।

यसैगरी, कैलालीको लम्कीचुहा नगरपालिकामा पनि प्रमुख र उप्रमुख दुवै पदमा महिला निर्वाचित भएका छन् । प्रमुखमा कांग्रेसकी सुशिला शाही र एमालेकी जुना चौधरी निर्वाचित भएका छन् । शाहीले १२ हजार ७१३ मत प्राप्त गरिन् भने चौधरीले ११ हजार ७०८ मत ल्याइन् ।

हालसम्म सम्पन्न मत परिणाम अनुसार देशभर १४ हजार ४०७ जना महिला निर्वाचित भएका छन् । ५५ हजार ६९९ जना महिला उम्मेद्वारमध्ये १४ हजार ४०७ जनाले बिजयी भएका छन् । आयोगका अनुसार नेपाली कांग्रेसबाट पाँच हजार ५४८, नेकपा एमालेबाट पाँच हजार २६, नेकपा माओवादी केन्द्रबाट दुई हजार ७९, जनता समाजवादी पार्टी (जसपा) बाट ६४३, नेकपा एकीकृत समाजवादीबाट ४०६, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट २५०, प्रजातन्त्र पार्टीबाट ११६ र राष्ट्रिय जनमोर्चाबाट ६४ जना महिला निर्वाचित भएका छन् । बाँकी निर्वाचित महिला अन्य दल र स्वतन्त्र रुपमा उम्मेद्वारी दिनेहरु हुन् ।

अवैध लागूऔषधसहित तीन जना पक्राउ

राष्ट्रिय सभाबाट पारित भयाे आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम