in ,

काठमाडाैं महानगर मेयर र उपमेयरकाे शपथ ग्रहण भाेलि

काठमाडाैं/१५ जेठ-काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलसहितका जनप्रतिनिधिहरूले भाेलि (साेमबार) शपथ ग्रहण गर्ने भएका छन् ।

काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृतले मेयर साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउने छन् । त्यसपछि मेयर साहले उपमेयर, वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराउने छन् । त्यसै दिन जनप्रतिनिधिहरुले पदबहाली गर्नुहुनेछ ।   

मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरु सबैको शपथ ग्रहण सोमबार राष्ट्रिय सभागृहमा हुने काठमाडाैं महानगरले जनाएकाे छ । त्यसलगत्तै मेयर साह र उपमेयर डंगोलले पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत बैशाख ३० गते सम्पन्न मतदानबाट ६१ हजार ७६७ मत प्राप्त गरेर बालेन प्रमुख पदमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेद्वार सिर्जना श्रेष्ठले ३८ हजार ३४१ मत प्राप्त गरिन् भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गरेका थिए ।

यस्तै, उपमेयरमा एमालेकी ढंगाेलकाे निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत प्राप्त गरे ।

८३४ कैदीकाे सजाय मिनाहा

यस्ताे छ, आजकाे विनिमय दर