in ,

आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने सरकारकाे लक्ष्य

काठमाडाैं/१५ जेठ- सरकारले आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै आगामी वर्ष थप १० पर्यटन नेपाल भित्र्याउने कार्यक्रम बनाउने बताए ।

उनले दीगो विकास तथा वातावरण संरक्षणमा ध्यान दिई उच्च मूल्यका पर्यटक भित्र्याउने समेत बताए ।

पर्यटन क्षेत्रको पुनरुत्थानमा ध्यान दिइएको बजेटमा उल्लेख छ । अर्थमन्त्री जनार्दन शर्माले ऐतिहासिक तथा पुरातात्विक सम्पदाको उत्खननमा ध्यान दिइने जानकारी दिए । मन्त्री शर्माले काेभिड १९ महामारीबाट प्रभावित हाेटेल तथा पर्यटन सँग सम्बन्धित क्षेत्रलाइ आर्थिक वर्ष २०७९/८० मा इजाजत र नविकरणमा छुट दिने व्यवस्था मिलाएकाे बताए ।

हिल स्टेशन विकासमा प्रदेश र स्थानीय तहको साथ लिइने भएको छ । पदमार्गमा सञ्चार सुविधाको पहुँच विस्तार गरिने भएको छ । ग्रेट हिमालयन ट्रेलको स्तरोन्नती समेत बजेटमा समेटिएको छ । सगरमाथामा पर्वतारोहण अनुसन्धान केन्द्र बनाइने भएको छ ।

सरकारले पर्यटनका लागि नाै अर्ब ३८ कराेड बजेट विनियाेजन गरेकाे छ ।

किनासका लागि पेन्सन

स्थानीय तहमा अस्पताल निर्माणका लागि १० अर्ब