in ,

स्थानीय तहमा अस्पताल निर्माणका लागि १० अर्ब

काठमाडाैं/१५ जेठ- सरकारले स्थानीय तहमा निर्माणाधीन ६५५ अस्पतालका लागि १० अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

ती अस्पतालको निर्माण सम्पन्न आगामी आवमा गर्ने घोषणा अर्थमन्त्री जनार्दन शर्माले गरेका छन् ।

अर्थमन्त्री शर्माले पुराना जीर्ण अवस्थामा रहेका अस्पताल भवनको समेत स्तरोन्नती गरिने बताए ।

अर्थमन्त्री शर्माका अनुसार जेष्ठ नागरिकलाई विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्न २० वटा अस्पतालमा जेष्ठ नागरिक वार्ड सञ्चालनमा ल्याइने जानकारी दिए ।

सरकारले मृगौला रोगीका बिरामीको निशुल्क प्रत्यारोपणका लागि १० करोड रूपैयाँ बजेट विनियोजित गरेको छ ।

आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने सरकारकाे लक्ष्य

प्रत्येक वर्ष २ लाख बेराेजगारलाई रोजगारी दिइने