in ,

उद्धार कार्य जारी रहेकाे छः तारा एयर

काठमाडाैं/१६ जेठ-हिजोदेखि सम्पर्कविहीन तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरे भन्ने भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेकाे परेकाे छ ।

तारा एयरले जहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेकाे र उद्धार कार्य जारी रहेकाे जनाएकाे छ । तारा एयरले आज बिहान विज्ञप्ति जारी गरी १४ हजार ५०० फिटको उचाइमा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिएको हो । जहाज दुर्घटनाको जानकारी गराउँदा स्तब्ध भएको विज्ञप्तिमा उल्लेख छ ।

वायुयान अन्तिम पटक जाेमसाेम टावसरसँग १०ः०७ बजे घाेडेपानीबाट सम्पर्कमा गरेपछि सम्पर्कविहीन भएकाे थियाे । प्रतिकुल माैसम तथा जटिल भूगाेलका बाबजुद पनि नेपाल नागरिक उड्डयन प्राधिकरण, खाेज तथा उद्धार समन्वय केन्द्र मार्फत आज बिहानैदेखि हवाइ तथा स्थलमार्गबाट खाेजी गर्दा दुर्घटनाग्रस्त अवस्थामा फेला परेकाे हाे । एयरले हाल उद्धारकर्मीहरू दुर्घटना स्थालमा पुगी उद्धार कार्य जारी रहेकाे बताएकाे छ ।

May be an image of text

कक्षा १२ काे परीक्षा आजदेखि सुरु

यस्ताे छ, आजकाे विनिमय दर