काठमाडौं/७ पुस– प्रतियोगीहरुमा कोरोना संक्रमण देखिएपछि स्थगित भएको ‘मिस वल्र्ड’ को फाइनल आउँदो वर्षको मार्च १६ तारिखमा हुने भएको छ ।
फाइनलको एक दिनअघि आयोजकले प्रतिस्पर्धी र आयोजक टिमका सदस्यहरुमा कोरोना संक्रमण भएपछि कार्यक्रम स्थगित गरेको थियो । आयोजकले विज्ञप्ति जारी गर्दै आउँदो वर्षको मार्च १६ तारिखमा कार्यक्रम आयोजना हुने जनाएको छ ।
आयोजकले विश्वभरका प्रतिस्पर्धीहरुले मार्च १६ अर्थात् चैत २ गते अमेरिकामा प्रतिस्पर्धा गर्ने बताएको छ ।