in , ,

अबदेखि कुहिने र नकुहिने फोहोर नछुटाए पाँच सय जरिवाना

काठमाडौं/२ बैशाख– अबदेखि काठमाडौंमा घरबाटै कुहिने र नकुहिने फोहोर छुटाएर फ्याँक्नु पर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाले फोहोर पृथकीकरण (कुहिने र नकुहिने) छुटाएर मात्र फ्याँक्न नगरबासीलाई अनुरोध गरेको छ । यदि त्यसो नगरे प्रत्येकपटक पाँच सय रुपैयाँ जरिवाना हुने कामपाको भनाइ छ ।

कामपा वातावरण तथा कृषि विभागले एक सूचना जारी गर्दै दुई फरक प्रकृतिको फोहोर छुट्टाछुट्टै व्यवस्थापन गर्न नगरबासीलाई अग्रह गरेको छ । प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले कामपालाई दुई फरक प्रकृतिको फोहोर छुट्टाछुट्टै व्यवस्थापन गर्न निर्देशन दिएपछि कामपाले यस्तो व्यवस्था लागू गरेको हो ।

कामपाले फोहोर पृथकीकरण गरी जैविक फोहोर संकलन गर्न आउने दिन जैविक र अजैविक आउने दिन अजैविक फोहोर संकलन गर्ने जनाएको छ । स्रोतमा फोहोर पृथकीकरण नगरे जारिवाना गरिने कामपाको भनाइ छ ।

हेर्नुहोस्, कति छ आज तोलामा सुनचाँदी ?

डा.गोबिन्द केसीकाे फेरि सत्याग्रह थाल्ने चेतावनी