in ,

कहिले उठ्छ काठमाडौंको फोहोर ?

काठमाडौं/१ जेठ– काठमाडौं उपत्यकामा लगभग २५ दिनदेखि फोहोर उठ्न सकेको छैन ।

लामो समयदेखि उपत्यकामा फोहोर नउठ्दा सडकपेटीमा फोहोर थुप्रिएका छन् । यसअघि बैशाखमा पासाङल्यामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाडौं उपत्यकाको फोहोर दुई सातासम्म उठ्न सकेको थिएन । त्यसपछि चुनावअघि नै फोहोर उठाइसक्ने लक्ष्यसहित महानगरले तीन सय सुरक्षाकर्मी खटाएर फोहोर उठाउन थालेको थियो । तर, त्यसको दुईतीनमै पुनः फोहोर उठ्न छोड्यो । फोहोर उठ्न छाडेपछि सडकपेटीमै फोहोरको रास थुप्रिएको छ ।

No description available.

हिजोबाट टेकुका स्थानीयबासीहरुले पनि टेकु ट्रान्सफर स्टेशन अवरोध गरेको छन् । भित्री सहरहरुको फोहोर हिजोबाट टेकु स्थानीयबासीहरुले ट्रान्सफर स्टेशनमा हाल्ने रोकेका छन् । यसैगरी, उनीहरुले मुख्य सहरका फोहोर पनि रोकेको काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन् ।

काठमाडौंको आंशिक फोहोर उठी रहेको भने उठी रहेकाे उनले दाबी गरिन् । आंशिक रुपमा फोहोर उठीरहेको बताउँदै उनले भनिन्,“ हामीले पूर्ण रुपमा फोहोर नउठाएपनि आंशिक रुपमा फोहोर उठी रहेको छ ।”

No description available.

आज बिहान ४ बजेबाट फोहोर उठाउने भनेपनि हिजो राती पानी परेकाले फोहोर उठ्न नसकेको उनले बताइन् । पानी परेपछि ल्याडफिड साइटमा गाडी जान नसक्ने उनको भनाइ छ । हिजो दिनभर फोहोर व्यवस्थापनका लागि प्याल्टफर्म मिलाएको बताउँदै उनले भनिन्,“रातीभर पानी परेकाले फोहोर उठ्न सकेन् । बाटो चिप्लो छ, गाडी जादैंन ।” अब घाम लाग्न थालेको छ फोहोर उठ्छ उनले भनिन् ।

No description available.
No description available.
No description available.
No description available.
No description available.

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

भक्तपुर मेयरमा दोहोरिए नेमकिपाका प्रज्ञापति