in ,

मतदान केन्द्र रहने विद्यालय तीन दिन बन्द गर्न आयोगको सिफारिस


काठमाडौं/१६ बैशाख– निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्र रहने विद्यालय तीन दिन बन्द गर्न आग्रह गरेको छ ।

आयोगले बैशाख २८ गतेदेखि ३० गतेसम्म तीन दिनका लागि मतदान स्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरुको उपयोग गर्नुपर्ने भएकाले उक्त मतदान केन्द्र तोकिएका विद्यालयहरुमा भौतिक उपस्थितिमा पठनपाठन नगराउने व्यवस्था मिलाउन नेपाल सरकारलाई आग्रह गरेको छ ।

आयोगले तीन मतदान केन्द्र रहेका विद्यालयहरुमा भोतिक उपस्थिति नगराई वैकल्पिक विधिबाट पठनपाठन गर्ने व्यवस्था मिलाउन मुख्य सचिवामार्फत नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय भएको सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।

यसैगरी, निर्वाचनका लागि मतदान स्थल तथा केन्द्र तोकिएका सार्वजनिक विद्यालयको भवन एवम् भौतिक संरचना मतदान प्रयोजनका लागि उपयोग गर्न त्यस्ता भवन र भवन परिसर बैशाख २८ गतेदेखि ३० सम्म उपलब्ध गराउन नेपाल सरकार संघीय मामिला तथा सामान्य मन्त्रालयमार्फत् सबै स्थानीय तहमा लेखी पठाउने जनाएको छ ।

प्रतितोला १२ सयले बढ्यो सुनको भाउ

बागी उम्मेद्वारी तत्काल फिर्ता लिन सत्ता गठबन्धनको पुनः निर्देशन