in ,

निमाविको अध्यापन अनुमतिपत्रको विज्ञापन खुला, अनलाइन आवेदन दिन सकिने

काठमाडौं/९ जेठ– शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन खुलाएको छ ।

आयोगले एक सूचना जारी गर्दै निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन खुलाएको हो । आयोगले आजदेखि नियमित दस्तुरमा असार ७ गतेसम्म निवेदन दिन सक्ने जनाएको छ । यस्तै, दोब्बर दस्तुरमा भने असार १४ गतेसम्म आवेदन दिन सकिनेछ । इच्छुक उम्मेद्वारहरुले आयोगको वेवसाइटमा गएर अनलाइन आवेदन दिन सक्नेछन् ।

आयोगको जेठ ६ गतेको निर्णय अनुसार निमावि तहको अध्यापन अनुमतिपत्रको विज्ञापन खुला गरिएको हो । न्यूनतम शैक्षिक योग्यता पुगेका र तालिम पुगेका इच्छुक उम्मेद्वारहरुले दरखास्त दिन सक्ने आयोगले जनाएको छ ।

आयोगले म्यादभित्र दाखिला नभएका र रीत नपुगी आएका दरखास्त उपर कुनै किसिमको कारबाही नहुने बताएको छ ।

आज सुनचाँदीको मूल्य स्थिर

रेनु विजयभन्दा १० हजार मतले अगाडि