in ,

फेरियाे शिक्षककाे पाेशाक

काठमाडाैं/६ जेठ- सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको नयाँ पाेशाक ताेकिएकाे छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले सूचना जारी गर्दै चालु शैक्षिक सत्रदेखि पाेशाक परिवर्तन हुने जानकारी दिएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले खैरो गाढा रङको पाइन्ट र कोट, हल्का नीलो रङको सर्ट, खैरो गाढा रङको ज्याकेट, कलेजी रङको स्वेटर र कालो जुत्तालाई शिक्षकको पोशाकका रुपमा तोकिएको जनाएको छ । यसअघि कालोमा सेतो धर्का भएको कोट र पाइन्ट तथा हल्का नीलो रङको सर्ट थियो ।

तर, महिला शिक्षकहरूकाे पाेशाक रङ भने परिवर्तन गरिएको छैन । शिक्षकहरुकै माग अनुसार पोशाक परिवर्तन गरिएको शाखाकाे भनाइ छ ।

शाखाले पोशाकको नमुना नेपाल शिक्षक महासंघबाट लिन सक्ने जनाएको छ ।

हेर्नुहोस् सूचना

बलात्कारको आरोपमा १९ वर्षे किशोर पक्राउ

थपिए ११ संक्रमित, १२ निकाे