in , , , ,

समिक्षा र मेरो विषयमा आएका समाचार गलत हुन्: पल


काठमाडौं/८ कात्तिक–केही दिनयता हट गसिपको रुपमा रहेको नायक पल शाह र गायिका समिक्षा अधिकारीको सम्बन्धका विषयमा नायक पल शाहले खण्डन गरेका छन् ।

पलले सामाजिक सञ्जालमा स्टाटस लेख्दै गयिका समिक्षा अधिकारीसँगको सम्बन्धको विषयमा गलत समाचार सार्वजनिक भएको बताएका छन् । उनले केही दिनदेखि समिक्षा र आफ्नो सम्बन्धको विषयमा आएका समाचारले आफूलाई माया गर्ने दर्शक निकै दुःखी भएको आफूले महशुस गरेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, “जुनसुकै क्षेत्रमा काम गर्दा पनि केही व्यक्ति समूह कही न कही कुनै न कुनै प्रकारले नजिक हुनुपर्छ यो हामी सबैलाई थाहा भएकै कुरा हो । मेरो पेशा र विधाका कारण मैले धेरै मान्छेहरुसँग सहकार्य गर्नुपर्ने हुन्छ र मसँग जोडिनु हुने मेरा अग्रज, अनुज र सहकर्मीहरूमाझ मैले सदैव आफूलाई सहज र सहयोगी तवरले प्रस्तुत गरिरहेको हुन्छ । अरु कलाकारहसँग जस्तै र अरुले जस्तै सांगीतिक सहकार्य गायिका समीक्षा अधिकारीसँग पनि भएको कुरा यहाँहरुलाई बिदितै छ । हुँदै नभएका, गर्दै नगरिएका, विनाआधारका कुराहरुलाई गसिप बनाएर एउटा कलाकार र उसको व्यक्तिगत जीवनमाथि आँच आउने किसिमले लेखिएका झुटा समाचारहरुले मलाई अत्यन्तै दुःखी बनाएको छ ।”

कसैको व्यक्तिगत प्रतिष्ठा र चरित्र हत्या हुने गरी बदनाम गर्ने गरी समाचार नबनाइदिन मिडियासँग पलले समेत आग्रह गरेका छन् । पलले, आफूले जानेर वा नजानेर कसैको चित्त दुखाएको भए माफी चाहन्छु समेत भनेका छन् ।

यस्तै, गायिका समीक्षा अधिकारीले पनि आइतबार सामाजिक संजालमार्फत पल शाहसँग पल शाहसँग जोडेर हुँदै नभएको कपोलकल्पित समाचारहरु आएको बताएकी थिइन् ।

सुनचाँदीको मूल्यबृद्धि, सुन प्रतितोला तीन सयले बढ्यो

६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने पक्राउ