in , , ,

शाहिदकाे ‘जर्सी’ को ट्रेलर सार्वजनिक


काठमाडौं/८ मंसिर– बलिउड अभिनेता शाहिद कपुरको नयाँ चलचित्र ‘जर्सी’ को ट्रेलर सार्वजनिक भएको छ ।

चलचित्रमा शाहिदलाई क्रिकेटरको भूमिकामा देख्न सकिन्छ । यस्तै, मृणाल ठाकुर उनकी श्रीमतिको भूमिकामा छिन् । यसैगरी, चलचित्रमा पंकज कपूरको पनि मुख्य भूमिका छ ।

भारतीय सञ्चार माध्यमका अनुसार ३१ डिसेम्बरमा रिलिज हुन लागेको यो चलचित्र गौतम तिन्नुरीले निर्देशन गरेका हुन् । कोरोना महामारीका कारण छायांकन सकिएको दुई वर्षपछि यो चलचित्र हलमा प्रदर्शन हुन लागेको हो । ‘जर्सी’ सुपरहिट तेलुगु चलचित्रको हिन्दी रिमेक हो ।

पर्यटन प्रवर्धन कोष सञ्चालन कार्यविधि स्वीकृत

गाई काटिरहेको अवस्थामा दुई जना पक्राउ