in , ,

अभिनेता भुवन केसीले काठमाडौंको मेयरमा उम्मेद्वारी दिने

फाेटाेः भुवन केसीकाे फेसबुकबाट

काठमाडौं/२३ चैत– आसन्न स्थानीय तहको निर्वाचनमा अभिनेता भुवन केसी काठमाडौ महानगरपालिकाको मेयर पदको उम्मेद्वार बन्ने भएका छन् ।

अभिनेता भुवन केसी स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेद्वार बन्ने भएका हुन् ।

पार्टीको मंगलबार साँझ काठमाडौंमा बसेको केन्द्रीय कार्य समितिको बैठकले केसीलाई उम्मेद्वार चयन गर्ने निर्णय गरेको हो । उन्नत लोकतन्त्र पार्टीले एक विज्ञप्ति जारी गरी केसीलाई पार्टीको पराराष्ट्र विभागको अध्यक्षको जिम्मेवारी पनि दिएको जनाइएको छ ।

यस्तै, उक्त पार्टीले रेश्मा लामालाई काठमाडौं महानगरपालिकाको उपमेयर पदको उम्मेद्वार चयन गरेको छ । उन्नत लोकतन्त्र पार्टीको चुनाव चिन्ह खुला किताब रहेको छ । उक्त पार्टीका सबै उम्मेद्वारले उम्मेद्वारी दर्ता गराउनु अघि नै सम्पत्ति विवरण सार्वजनिक गराउनु पर्ने विज्ञप्तिमा उल्लेख छ ।

यस्ताे छ आजकाे विनिमयदर

घट्यो सुनचाँदीको मूल्य, हेर्नुहोस् कति छ तोलामा ?