in ,

मत संकेत गर्न नसक्ने मतदाताले मतदान अधिकृतसँग स्वीकृत लिई सहयोगी लैजान पाउने

काठमाडौं/२६ बैशाख– मतदान संकेत गर्न नसक्ने मतदाताले सहयोगी लैजान पाउने भएका छन् ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दृष्टिविहीन, शारीरिक अशक्तता भएका वा अरु कुनै कारणले आफैं मत संकेत गर्न नसक्ने मतदाताले सहयोगी लैजान पाउने आयोगले जनाएको छ ।

‘दृष्टिविहीन वा शारीरिक अशक्त भएको मतदाताको साथमा परिवारको सदस्यलाई सँगै जान अनुमति दिँदा एक्लै मतदान कक्षमा गई आफैं मतदान गर्न असमर्थ व्यक्ति हो होइन एकीन गरी अनुमति दिनुपर्ने निर्वाचन आयोगले स्पष्ट पारेको छ।

‘दृष्टिविहीन मतदाता वा मतपत्रमा मत संकेत गर्न नसक्ने मतदाताको साथमा जाने व्यक्तिले मतदान अधिकृतको रोहवरमा सम्बन्धित मतदाताले भने बमोजिमको निर्वाचन चिन्हमा मत संकेत गर्नुपर्ने व्यवस्था रहेको छ’, आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ

आयोगका अनुसार उनीहरुले आफ्नो साथमा परिवारको अर्को सदस्यलाई मत संकेत गर्ने गोप्य स्थानामा आफूसँगै लैजाने अनुमति मागे मतदान अधिकृतले अनुमति दिनेछन् ।

मतदान अधिकृतले मतदाताको मतपत्रमा निजको इच्छा अनुसार मत संकेत गर्ने काममा सहयोग गर्नुपर्ने व्यवस्था स्थानीय तह निर्वाचन निर्देशिकामा रहेको छ ।

निर्वाचनको मौन अवधिभर काठमाडौंमा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक

कक्षा १२ को परीक्षाकेन्द्र सार्वजनिक